कार दुर्घटनामा क्रिकेटर साइमन्डको निधन

बिएल संवाददाता

अस्ट्रेलिया
फाइल तस्वीर
फाइल तस्वीर

अस्ट्रेलियाका पूर्वक्रिकेटर एन्ड्रियु साइमन्डसको कार दुर्घटनामा परि ४६ वर्षको उमेरमा निधन भएको छ।

अलराउन्डर साइमन्डसले सन् १९९८ देखी २००९ सम्म अस्ट्रेलियाबाट २६ टेस्ट, १९८ एक दिवसीय र १४ टी– ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका थिए। 

अस्ट्रेलियाले दुई पटक एक दिवसीय विश्वकप र सन् २००६–७ मा इङल्यान्डविरुद्धको एसेस शृंखला जित्दा उनी  टोलीका प्रमुख सदस्य थिए।

साइमन्डसले एक दिवसीयतर्फ १९८ खेलमा ३९ दशमलव ७५ को औसतमा पाँच हजार ८८ रन प्रहार गर्नुका साथै १३३ विकेट लिएका थिए।

यसै वर्ष अस्ट्रेलियाका पूर्वस्पिनर सेन वार्न र विकेटकिपर रड मार्सको पनि निधन भएको थियो। 

प्रकाशित मिति: : 2022-05-15 09:01:00

प्रतिकृया दिनुहोस्