डिबलाले सिजनको अन्त्यमा युभेन्ट्स छाड्ने

File photo
File photo

युभेन्ट्सका फरवार्ड पाउलो डिबलाले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका छन्।

२८ वर्षीय डिबलाले इटालियन क्लबबाट २९१ खेल खेल्दै ११५ गोल गरेका छन्। उनको अनुबन्ध यो सिजनसँगै सकिँदै छ। उनी सम्झौता नवीकरण नगर्ने मनसायमा पुगेका हुन्। 

यस सिजन ९२०२१-२२० मा डिबलाले ३७ खेलमा १५ गोल गरेका छन्। यस सिजन खराब लयबाट गुज्रिएको युभेन्ट्स सिरी ए मा चौथो स्थानमा छ। 

अर्जेन्टिनी स्टार खेलाडी पालेर्मोबाट सन् २०१५ मा युभेन्ट्स भित्रिएका थिए। क्लब अनुबन्धयता उनले १२ ट्रफी हात पारेका छन्। जसमा पाँच लिग उपाधि रहेको छ। ‘आज यो जर्सीमा मेरो अन्तिम खेल हुनेछ।

यो कल्पना गर्न गाह्रो छ। तर यो नै अन्तिम बिदाइ हो,’ डिबलाले ट्विट गरेका छन्। 

यसअघि सन् २०१९ को समरमा डिबला इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड वा टोटनहम जान चाहन्थे तर युभेन्ट्सले उनलाई जान दिएन अब भने कहाँ पुग्नेछन् ? त्यो भने खुलाइएको छैन। 

प्रकाशित मिति: : 2022-05-16 12:09:00

प्रतिकृया दिनुहोस्