युगान्डाविरुद्धको पहिलो टी–२० अन्तरराष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै पहिलो पटक नेपाल भ्रमणमा रहेको युगान्डाले सुरुआती ब्याटिङ गर्नेछ।
सन् २००७ बाट अन्तरराष्ट्रिय क्रिकेट मैदानमा उदाएको नेपाली टिमले घरेलु मैदानमा पहिलो श्रृंखला खेल्न लागेको हो।
नेपाल र युगान्डाबीच पाँच टी–२० खेल हुनेछ। खेल ७ जेठसम्म टियु मैदानमा चल्नेछ।