रियाल र बार्सिलोना बराबरीमा 

स्पेनिस ला लिगाको शीर्ष दुई टोली रियाल मड्रिड र बार्सिलोना आइतबार राति बराबरीमा रोकिएका छन्।

उपाधि जितिसकेको रियाल मड्रिडले कार्डिजसँग १–१ को बराबरी खेलेको हो। दोस्रो स्थानमा रहन सफल बार्सिलोना भने गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो। 

रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको कार्डिको घरेलु मैदानमा रियालले शुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। 

पाहुना टोली रियालले मारिएनो डियाजको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो। ३७औं मिनेटमा रुबेन सोब्रिनोले बराबरी गोल फर्काएका थिए। 

प्रकाशित मिति: : 2022-05-16 13:29:00

प्रतिकृया दिनुहोस्