गत ३० वैशाखमा विवाद भएपछि स्थगित गरिएको सर्लाहीको बरहथवा नगरपालिका स्थित दुई केन्द्रको मतदान सुरु भएको छ।
मतदाताहरू बिहानैदेखि लाइन बसेर मतदान गरिरहेका छन्।
जिल्ला निर्वाचन कार्यलयका अनुसार निर्वाचन आयोगले गरेको निर्णयअनुसार उक्त वडामा पुनः मतदान गरिएको हो।
आयोगको निर्णयअनुसार निर्वाचन अधिकृतको कार्यलयले मंगलवार बिहान ७ बजे देखी ५ बजे सम्म मतदानको तालिका सार्वजनिक गरेको थियो।
बरहथवा नगरपालिकाका निर्वाचन अधिकृत दशरथ पंगेनीले पुनः चलिरहेको जानकारी दिए।
जिल्ला निर्वाचन अधिकारी दिवाकर भुजेलकाअनुसार गत शुक्रवार बरहथवा नगरपालिका–१७, को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा विवाद भए पछि साँझसम्म जम्मा ३७२ मतमात्र खसेको थियो।
गत ३० वैशाख शुक्रबार मतदान सुरु भएलगतै जनता समाजवादी पार्टी (जसपा)पक्षले आफू पक्षीय मतदातालाई बिहानै मतदान गराएको र मध्यान्हबाट अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आरोप सहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारले पुनः मतदानको माग गर्दै उजुरी दर्ता गराएका थिए।
सोही उजुरीको आधारमा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।
वडा नं. १७ को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत दुईवटा मतदान केन्द्रमा जम्मा एकहजार ९५४ मतदाता छन्। एसवी थापा