अभिनेत्री पन्त बनिन् कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार

file photo
file photo

अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन्। पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलाे कलाकार बनेकी छिन्।

नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन्, उनी फ्रान्स पुगेकी हुन्।

यसअघि नेपालबाट कान्समा सहभागिता जनाइएपनि रेड कार्पेटमा वाक गर्ने मौका कसैले पाएका थिएनन्। रेड ड्रेसमा सजिएर कार्पेटमा वाक गर्दै उनले भनिन्, ‘रातो कार्पेटमा हिँड्नु वास्तविकमै अलाैकिक क्षण बन्याे। फिल्म र कथाकारहरूको लागि उत्सवको सबैभन्दा ठूलो परिवेशको साक्षी हुने अवसर पाउनु मेरो जीवनभर मन पर्ने कुरा हो। झिलमिलाहट जस्तो लाग्छ।’

उनले उक्त फिल्मका लागि गत वर्ष अडिसन दिएकी थिइन्। अडिसनमा छनोट भएर फिल्ममा अभिनयकाे मौका पाएकी थिइन्। ‘द एट माउन्टेन्स’ फिल्मको केही अंश नेपालको मनाङमा छायांकन गरिएको थियो। उक्त चलचित्र कान्स फिल्म फेस्टिवलको मुख्य प्रतिस्पर्धाको लागि छनोटमा परेको थियो।

प्रकाशित मिति: : 2022-05-17 13:37:00

प्रतिकृया दिनुहोस्