स्थापितले चमत्कार गर्छु भन्नुभो, नेतृत्वले पत्यायो, गल्ती भयो

गठबन्धन र पार्टीभित्रकै असन्तुष्टिको कारण हामी पछि पर्यौं

सेतोपाटी

योगेश भट्टराई

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। अहिले सबैभन्दा बढी मानिसको ध्यान काठमाडौं महानगरपालिकाले तानेको देखिन्छ।

काठमाडौं महानगरमा जे जस्तो मतपरिणाम आइरहेको छ त्यो हाम्रा लागि अप्रत्यासित हो। काठमाडौंका मतदाताहरू राजनीतिक दलले प्रस्तुत गरेका उम्मेदवारहरूप्रति त्यति सन्तुष्ट देखिएनन्।

नेकपा एमालेले यहाँ  केशव स्थापितलाई मेयर उम्मेदवार उठाएको थियो। एमाले नेतृत्वले उनलाई मेयरमा उठाउने निर्णय गर्दा उनले चमत्कार गर्लान् भन्ने ठान्यो होला।

उहाँले पनि चमत्कार नै गर्छु भनेर विश्वास दिलाउनु भयो, पहिले पनि अलिअलि चमत्कार गरेको मान्छे केशव स्थापित कार्ड सफल हुन्छ कि भन्ने नेतृत्वलाई लाग्यो। कहिले कहिले त नेतृत्वको पनि  विश्वास गलत हुन्छ  नि।

प्रकाशित मिति: : 2022-05-17 15:10:00

प्रतिकृया दिनुहोस्