पोखरामा उम्मेदवार नै नभएको अटेरी (स्वतन्त्र) उपप्रमुख पदका लागि २४ मत खसेको छ।
अटेरी अभियानबाट पोखरा महानगर प्रमुख पदका लागि मात्रै उम्मेदवारी दर्ता भएको थियो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरले सार्वजनिक गरेको तथ्यांक अनुसार पोखरा महानगर प्रमुख पदका लागि हाल नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा चलिरहेकाे छ।
जम्मा गणना भएको ३९ हजार ३ सय १३ मत मध्ये सूर्य १४ हजार ३ सय ८४ मत पाएका छन् भने उपप्रमुख पदमा सूर्यमा १६ हजार ३ सय ९८ खसेको छ।
यस्तै गठबन्धनका साझा उम्मेदवार समाजवादीका धनराज आचार्यले १६ हजार ४ सय १९ मत पाएका छन्।
गठबन्धनको तर्फबाट उपमेयरकी साझा उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले १६ हजार ६ सय ६५ मत पाएकी छन्।