बालेन साह भन्छन्– न मेरो बा माओवादी थिए, न म माओवादी हो

File Photo
File Photo

काठमाडौँ महानगरपालिकाे मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) काे चर्चा यति धेरै चुलिएकाे छ। मेयर पदमा उनले पाएकाे लाेकप्रिय मतले देशकाे राजनीतिक जगत नै तरिङ्गत बनेकाे छ। गाउँदेखि सहरसम्म उनैबारे कुरा चलिरहन्छन्।

उनकाे चर्चा कतिसम्म भने केही व्यक्ति तथा संगठनले त उनकाे नामै जाेडेर प्रचार गर्न थालेका छन्।

केही दिनयता केही राजनीतिक दलहरूले त उनी विगतमा आफ्नाे पार्टीमा रहेकाे समेत भन्न भ्याएका छन्। साेही कुरालाई आधार मानेर केही मिडियाले बालेन पहिला माओवादी रहेकाे भनेर समाचार लेखेपछि त झन याे विषयले निकै चर्चा पाएकाे छ। चर्चा कतिसम्म भने माओवादीका केही केन्द्रीय सदस्यले समेत ‘बालेन पहिला माओवादी थिए’ भन्दै जनतालाई भ्रमित बनाउन थालेका छन्।

तर, बालेनले भने याे कुरा सत्य नभएकाे बताएका छन्।

के तपाईं यसअघि माओवादीमा हुनुहुन्थ्याे? भन्ने बिएल नेपाली सेवाकाे प्रश्नकाे जवाफ दिँदै उनले भने, ‘म कहिल्यै माओवादीसँग जाेडिएकाे छैन। न मेरा बाआमा माओवादी नै थिए।’

उनले सामाजिक सञ्जालमा फैलिएकाे याे हल्लाकाे पछि नलाग्न अनुराेधसमेत गरे।

‘अहिले सामाजिक सञ्जालमा मेरोबारेमा कतिले राजा पक्षको मान्छे र माओवादीको मान्छे भएको भन्दै विभिन्न हल्ला फैलिएका छन्, याे हल्लाकाे पछि नलाग्नुहाेला।’

प्रकाशित मिति: : 2022-05-19 16:31:00

प्रतिकृया दिनुहोस्