ओलीको गृहनगर दमकको प्रमुखमा राप्रपा विजयी

file photo
file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन्।

उनले १७ हजार मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले विजयी भएका हुन्।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भइन्। उनले १७ हजार ७२ मत  प्राप्त गरी  विजयी  भएकी  हुन्। 

प्रकाशित मिति: : 2022-05-20 10:52:00

प्रतिकृया दिनुहोस्