नेपालमा समृद्धि सम्भव छ

नेपाललाई समृद्ध राष्ट्र बनाउने सपना देख्नुपर्छ

नागरिक दैनिक

डा. दुर्गाप्रसाद पौड्याल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको अवसर पारेर नेपाल–भारत संयुक्त लगानीमा निर्माण हुने अर्ध–जलाशययुक्त अरूण–४ जलविद्युत् आयोजनाको सम्झौता भएको छ।

हुन त प्रधानमन्त्री शेरबहादुर देउवाले गत महिना डडेल्धुराको चुनावी भाषणमा ७५० मेगावाटको पश्चिम सेती भारतलाई दिने उद्घोष गरेका थिए। तर अन्तिममा भारतको चाहना अरूण–४ मा बन्यो होला। वास्तवमा, नेपालका ठूला आयोजनाहरूको संझौता यसैगरी हुँदै आएको छ।

अरूण–३ बन्नु हुँदैन भन्ने ठूलो जनमत तयार पारेर विश्व बैंकको सहयोग रद्द गरियो अनि भारतलाई दिइएको थियो। पश्चिम सेती पहिला अस्ट्रेलियाली कम्पनी स्नोइ माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक) लाई दिइयो। त्यसपछि चिनियाँ कम्पनी थ्रि गोर्जेजलाई दिइएको थियो। तर बनेन।

प्रकाशित मिति: : 2022-05-22 14:20:00

प्रतिकृया दिनुहोस्