काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ४३ हजार ८५० मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्।
जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत प्राप्त गरेकी छन्।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४५ हजार ८७५ मत ल्याएर अग्रस्थानमा छिन्।
प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ। अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ।
वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ।