प्रेस स्वतन्त्रताको लडाइँ स्थानीय

नागरिक दैनिक

जोस मिडास बार्टम्यान

जैविक विविधता र मनमोहक समुद्र तटका लागि प्रसिद्ध फिलिपिन्सको पलावान प्रान्तमा हालै एक अनपेक्षित राजनीतिक घटना भयो।

सन् २०११ मे ९ तारिखमा रेडियो कार्यक्रम प्रस्तोता गेरी ओर्टेगाको हत्याका लागि जिम्मेवार जोयल टि. रेसले गभर्नर पदका लागि उम्मेदवारी दिए।

उनले चुनाव जितेका भए ओर्टेगा परिवारको न्यायको चाहनामा तुषारापात हुने थियो। भाग्यवस उनले चुनाव हारे। ओर्टेगा हत्याको घटना अतिवादी प्रकृति भए तापनि यसप्रकारका घटना धेरैले सोचे भन्दा भन्दा बढी सामान्यरूपमा भइरहेका छन्।

रेस जस्ता क्षेत्रीय स्तरका शक्तिशाली समृद्ध वर्ग र उनीहरूलाई प्रश्रय दिने स्थानीय स्तरका शक्तिशाली राजनीतिक संरचनाले दण्डहीनतालाई प्रश्रय दिँदा पत्रकारलाई सबै भन्दा ठूलो खतरा सिर्जना हुने गरेको छ।

सन् २००२ देखि २०११ सम्म पालावानको गभर्नर रहेका रेस आर्थिक अनियमिततामा संलग्न भएको तथ्यलाई ओर्टेगाले सार्वजनिक गरेपछि उनलाई गोली हानिएको थियो। गोली हान्ने टोलीका सम्पूर्ण सदस्यलाई तत्काल गिरफ्तार गरिएको थियो र उनीहरूले आफूहरू हत्यामा संलग्न रहेको स्वीकार गरेका थिए। तर ठोस प्रमाण हुँदाहुँदै पनि रेसलाई आरोपित गरिएन।

प्रकाशित मिति: : 2022-05-23 15:58:00

प्रतिकृया दिनुहोस्