आईपीएलः फाइनल प्रवेशका लागि गुजरात र राजस्थान आज खेल्दै

file photo
file photo

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी–२० क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेल आज (मंगलबार) हुँदैछ।

पहिलो क्वालिफायर नेपाली समयअनुसार राति पौने ८ बजे गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कोलकत्तामा हुनेछ। 

यस खेलको विजेता सिँधै फाइनल पुग्नेछन्। पराजित टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशको लागि मौका पाउँनेछ।

नवप्रवेशी गुजरात २० अंकसहित शीर्षस्थानमा रहेर प्लेअफ पुगेको थियो। १८ अंकसहित राजस्थान दोस्रो स्थानमा छ।  

लिग चरणको भेटमा गुजरातले राजस्थानलाई ३७ रनले हराएको थियो। दोस्रो क्वालिफायरमा लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगरोलबीच भोलि प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित मिति: : 2022-05-24 14:19:00

प्रतिकृया दिनुहोस्