‘यो बाबुको मन अझै शान्त भएको छैन…’

सेतोपाटी

दिपकजंग शाही

अन्तरजातीय प्रेम सम्बन्धको कारण मारिएका जाजरकोटका नवराज विकको आज दोस्रो वार्षिकी हो। घरमा परिवार र नातागोता मात्र छैनन्, अधिकारकर्मी समेत पुगेका छन्।

नवराजका बुवा मुनलाल विकले हिजैदेखि तयारी गरेको वार्षिकी सकाएर आफ्नो दैनिक कार्यतालिका पछ्याईसके। तर उनले बिहान चियाबाहेक केही पनि खाएका छैनन्।

‘छोरो मारिएको दुई बर्ष भइसक्यो, यो बाबुको मन अझ शान्त हुन सकेको छैन,’ मुनलालले सेतोपाटीसँगको टेलिफोन सम्पर्कमा भने, ‘यो मनले अझैं राम्रोसँग खाना खान मान्दैन, आजै पनि मैंले बिहान चिया मात्र खाएर बसेको छु।’

ई बर्षअघि २०७७ जेठ १० गते जाजरकोटको खलंगाका नवराज रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा बस्ने आफ्नी प्रेमिकालाई लिन भनेर गएका थिए। तर उनी त्यसपछि फर्किएनन्। भोलीपल्ट उज्यालो नहुँदै उनको शव भेरी नदीमा भेटियो।

त्यसबेला १८ बर्षका नवराज रुकुम जाँदैछन् भन्ने कुरा उनका बुवा–आमा र छिमेकीलाई थाहै थिएन।

प्रकाशित मिति: : 2022-05-24 15:41:00

प्रतिकृया दिनुहोस्