पचरौता नगरपालिकामा एमाले विजयी

बाराको सबैभन्दा कान्छो नगरपालिका पचरौतामा नेकपा एमाले विजयी भएको छ। एमालेको तर्फबाट मेयरका उम्मेदवार जलन्धर सिंह चार हजार सात सय ३२ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार निवर्तमान मेयर रमेशकुमार यादवले चार हजार चार सय ६१ मत ल्याएका छन्।

यस्तै, उपमेयरमा एमालेको तर्फबाट उम्मेदवार नसिमा खातुन चार हजार पाँच सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन्। उपमेयरकाे निकटतम प्रतिद्वन्द्धी लोसपाबाट उम्मेदवार बनेकी सगुफा खातुनले चार हजार एक सय ६३ मत पाएकी छिन्। 

प्रकाशित मिति: : 2022-05-24 16:52:00

प्रतिकृया दिनुहोस्