पोखराको मतगणना ७ घण्टापछि सुरु

file photo
file photo

मंगलबार बिहानदेखि राखिएको पोखरा महानगरको मतगणना करिब ८ घण्टापछि पुनः सुरु भएको छ।

पोखरा १८ को मतगणनाका बेला मुख्य निर्वाचन अधिकृतले दिएको तथ्याङ्क अनुसार खसेको मत भन्दा गन्दा कम भएपछि एमालेले अवरोध गरेको हो।

यहाँ एमाले उम्मेदवार ३ मतले पराजित भएका छन्। तर मत खसेको भन्दा बाकसमा ९ कम भयो। 

एमालेले उक्त ९ भोट आफ्नो भएको दाबी गर्दै गणनाबाट बीचैमा आफ्ना प्रतिनिधि फिर्ता बोलाएको हो।

लगातारको प्रयास र छलफलपछि कानुन अनुसार उक्त वडाको मतबारे निर्णय लिने भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयले अरू बाँकी वडाको गणना सुरु गरेको हो। 

अहिले एमाले पनि सहभागी भएको छ। एमालेले पुनः मतगणनाको माग गरेको थियो।

प्रकाशित मिति: : 2022-05-24 19:34:00

प्रतिकृया दिनुहोस्