राजनीतिमा धनराजको उछाल : पोखरेलीको मन जितेर चुनावमा मारे बाजी

Breaknlinks
Breaknlinks

भूगोलको हिसाबले देशकै ठूलो महानगर पोखराका मेयरमा समाजवादीका धनराज आचार्य विजयी भएका छन्। एमालेका निकटतम प्रतिस्पर्धी कृष्ण थापालाई ६ हजार ४५ मतले पछि पार्दै आचार्य मेयर निर्वाचित भएका हुन्।

‘गठधनबाट समाजवादीका धनराज आचार्य पोखराका मेयर उम्मेद्वार भए रे !’

गठबन्धनका दर्जनौं उम्मेद्वारका आंकाक्षीलाई पाखा लगाउदै अन्ततः धनराजले मेयरको टिकट पाउनु, धेरैको लागि 'सक्ड' भइदियो। लामो विवादपछि अन्तिममा गठबन्धनले धनराजलाई पोखरा महानगरपालिकाको मेयर उठाउने निधो गर्‍यो।

‘धनराजले चुनाव हार्छन्’

उनले टिकट पाएसँगै चियापसल, चोक र चौतारीमा अनेकाैं विश्लेषण थालियाे। एक त एमालेबाट भर्खरै टुक्रिएको पार्टी। कमजोर संगठन। गठबन्धनकै दलभित्र टिकट हात पार्न जारी शितयुद्धले टिकट पाए पनि असहयोग हुने धेरैको अनुमान थियो। 

हुन पनि सबैलाई रिझाएरअघि बढ्नु धनराजको लागि कम्ति चुनौतिपूर्ण थिएन। एमालेको प्रभावक्षेत्र हो, पोखरा। एमालेले लौरो उठाए पनि चुनाव जित्छ, अर्काथरि भन्थे। व्यक्ति गौण ठानियो। 

०७४ सालको चुनावमा एमालेका मानबहादुर जीसी भारी मतान्तर सहित निर्वाचित भए। सुरुआतदेखि नै सजिलै चुनाव जित्ने दाबा गर्दै आएको थियो एमाले। अझ, धनराजले टिकट पाएपछि त झन कम आँक्यो। 

पोखरेली मतदाता भन्छन् : काम गर्ने मान्छे छानेर भोट दियौं

चुनाव हो। धनराजले पोखरेलीको मन जिते। चुनाव पनि जिते। उनले एमालेका उम्मेद्वार कृष्ण थापालाई मतले पछि पार्दै अन्तत पोखरा महानगरपालिका प्रमुखको पद आफ्नो पोल्टामा पारे।

पोखरामा कुल खसेको १ लाख ४३ हजार २ सय मत मध्ये धनराजले ५८ हजार ८ सय ९३ मत प्राप्त गरेका छन्। थापाले ५२ हजार ८ सय ४८ मत पाएका छन्।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ दोस्रो कार्यकालका लागि दोहोरिएकी छिन्। एमालेकी मञ्जुले ६० हजार ५ सय ४६ मत पाएकी छिन् भने कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याएकी छन्। दुवैको मतान्तर ३ हजार ३ सय ८३ मत अन्तर छ।  मतगणनाको १२ औं दिन राती १ बजे अन्तिम मतपरिणाम सार्वजनिक भएको थियो।

५३ वर्षीय आचार्य नेकपा एकिकृत समाजवादीका कास्की जिल्ला अध्यक्ष हुन्। २०२६ साल चैतमा कास्कीको भरतपोखरीमा जन्मिएका आचार्यले २०३९ सालमा विद्यालयमै अनेरास्ववियु प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीतिमा लागेका थिए।

पोखरालाई गरिबीमुक्त, महानगरका कर्मचारीलाई जवाफदेही र जनतालाई कर तिर्न प्रेरित गर्ने वातावरण बनाउनेलगायत योजना बोकेका धनराजलाई पोखरेली जनताले पत्याए। २०४४ सालमा एमाले निकट अनेरास्ववियु प्रारम्भिक कमिटी पृथ्वीनारायण क्याम्पस पोखराबाट सक्रिय धनराज, कम्युनिस्ट आन्दोलनमा लागे। २०४५ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, २०४६ सालमा सचिव र २०४७ सालमा अध्यक्ष बनेका थिए, धनराज।

‘सहर छाेडेर गाउँ फर्कने अभियानकाे एप्सुलुट फ्यूजन हाे’

विद्यालय, क्याम्पस, जिल्ला हुँदै २०४८ सालमा धनराज अनेरास्ववियु गण्डकी अञ्चल अध्यक्ष बने। २०४९ सालमा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य बने। त्यही वर्ष उनी स्वतन्त्र विद्यार्थी युनियन स्ववयिुको पृथ्वीनारायण क्याम्पस कोषध्यक्ष बने। तीन वर्ष कोषाध्यक्ष बनेका उनी २०५१ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सभापति चुनिएका थिए। स्ववियुको जिम्मेवारी लिइरहँदा २०५० देखि २०५४ सालसम्म संगठनकै पश्चिमाञ्चल प्रमुख, २०५४ देखि २०५८ सालसम्म केन्द्रीय सचिवालय सदस्य भएका थिए।
टुक्रिएर बनेको पार्टी। कमजोर संगठन। टिकट नपाएकोमा रुष्ट गठबन्धनबाट असहयोग हुन्छ। उनले चुनाव हार्ने आँकलन गरिए पनि धनराजले पोखरेलीको मन जिते। चुनाव पनि जिते।

प्रकाशित मिति: : 2022-05-25 07:23:00

प्रतिकृया दिनुहोस्