कांग्रेस न एमाले!

मोही माग्ने ढुुंग्रो लुकाउने!

नागरिक दैनिक

कृष्णमुरारी भण्डारी

वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। मत परिणामको चित्र भने करिव करिव स्पष्ट नै भैसकेको छ।

७ सय ५३ स्थानीय तहमध्ये मंगलबार रातिसम्मअथवा बुधबारभित्र सबै मतगणना सकिने र परिणाम सार्वजनिक भैसक्ने अनुमान निर्वाचन गणनामा खटिएकाहरूको रहेको छ। 

स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए। यसको ६४ प्रतिशत अर्थात १ करोड ७ लाख मतदाताले प्रत्यक्ष मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।

तर यहीँनेर बिर्सन नहुने कुरा के हो भने लगभग साठी लाख नेपाली युवा वैदेशिक रोजगारीलगायतका काममा विदेशमा छन्। र, निर्वाचनमा खटिएका पाँच लाख (सैनिक, प्रहरी र कर्मचारी)ले मत दिन पाउने संभावना छैन। यिनलाई मतदान गर्ने अवसर भएको भए नेपालको राजनीतिक परिवर्तन अझ तीव्रगतिमा हुनेमा कुनै शंका अब रहेन।

प्रकाशित मिति: : 2022-05-25 12:35:00

प्रतिकृया दिनुहोस्