नेपाली अभिनेत्री सुरक्षा पन्त गत बुधबार फ्रान्समा भएको कान्सको रेड कार्पेटमा आधिकारिक रूपमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनेसँगै उनको चर्चा जताततै फैलिएको छ।
यति मात्र होइन उनले लगाएको आकर्षक रातो गाउन् को पनि उत्तिकै चर्चा भैरहेको छ। नेदरल्यान्ड्सको ‘नोउभेउ’ नाम गरेको एक अनलाइन पत्रिकाले ‘ब्युटी एण्ड फेसन’ विधामा यसपालिको कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा आकर्षक पहिरन लगाउने संसारभरका १५ महिला सेलेब्रेटीहरुको नाम उलिखित गरेको छ। जसमध्ये उक्त सूचीमा नेपाली अभिनेत्री सुरक्षा पनि परेकी छन्।
उक्त अनलाइन सञ्चारमाध्यमले सुरक्षाले लगाएको पहिरनको तस्बिर राखेर चर्चा गरेको छ। तस्बिर संगसंगै लेखिएको छ –सुरक्षा पन्तलाई ‘द एट माउन्टेन्स’ नामक फिल्ममा देख्न सकिन्छ र तेन्जिन छेतेन भुटियाले बनाएको उक्त पहिरनमा रातो कार्पेटमा अझ सुन्दर ढंगले फिट भएकी छन्।
सुरक्षाले फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ मा सानो भूमिका निर्वाह गरेकी थिइन्। गत बुधबार कान्समा उक्त फिल्मको प्रिमियर थियो। सोही फिल्मको प्रतिनिधित्व गर्दै उनी फ्रान्स पुगेकी हुन्। तेन्जिन नेपालका उत्कृष्ट फेसन डिजाइनर मध्ये एक हुन्।
केहि दिन अघि मात्र उनले आफ्नो इन्सटाग्राम एकाउन्टमा सोहि पहिरन बारे कुरा गर्दै एक पोस्ट लेखेका छन्।
‘हामीले पहिरनको लागि केही बेर सोचेका थियौं र सुरक्षाको दिमागमा पहिलो कुरा यो थियो कि उनलाई नेपालको झण्डा मुख्यतया रातो भएको हुनाले उनलाई रातो गाउन चाहिएको थियो। जसले आफनो प्रतिन्धित्वको साथै देशको प्रतिनिधित्व गरेस । हामीले त्यही अनुसार नेपालको सात प्रदेशलाई जनाउने गरी कपडामा सात तह बनाएको थियौँ।