यौन हिंसामा पनि भाइरल हुने लोभ !

उकेरा

पुष्पा थपलिया

मनोरञ्जन क्षेत्रमा यदाकदा आङ नै सिरिङ्ग बनाउने कहालीलाग्दा खबरहरू बाहिरिन्छन्। जसले छोटो समयका लागि तरङ्ग ल्याउँछ र छिट्टै सेलाउँछ।

घटना बाहिरिएलगत्तै आन्दोलन हुन्छ, विभिन्न संघ-संस्थाले र्‍याली निकाल्छन्। महिला आयोगदेखि अन्य महिलावादी संघ-संस्थाको ध्यानाकर्षण बाहिरिन्छ। 'आई एम विथ पीडित' भन्दै सामाजिक सञ्जालमा ह्यासट्याग सुरु हुन्छ। तर घटनाको टुङ्गिनु अगाडि नै  सबै गुपचुप भइसक्छन्।

घटना सामाजिक सञ्जालमा छाइरहेसम्म अधिकांश पीडितको वरपर हुन्छन्। अटेन्सन सिकरहरु झुन्ड बनाउन थाल्छन्। जब घटना पुरानो हुँदै जान्छ, पीडित एक्लै पर्छन्। 

यसअघिको नाबालिग गायिका बलात्कारको घटनालाई उदाहरण मान्ने हो भने पनि मनोरञ्जन क्षेत्रमा यस्ता कहालीलाग्दा घटना केही दिनको आक्रोश मात्रै बन्ने गरेको पुष्टि हुन्छ। अझ त्यो केसमा त केही कलाकारहरू पीडककै पक्षमै खुलेर लागेका थिए।

प्रकाशित मिति: : 2022-05-25 15:24:00

प्रतिकृया दिनुहोस्