११ ‘अपराधी ग्याङ’, जोसँग अमेरिकादेखि जापान डराउँछ

Photo: Agency
Photo: Agency

‘अपराधको दुनियाँ’मा आज पनि सल्बलाइरहेका छन्, अनेकौं ‘ग्याङ’। जेलभित्र होस् या जेलबाहिर। जलदेखि स्थलसम्म छुट्टै संसार चलाउन तम्सिरहेका छन्, ठूला–ठूला अपराधी। जो–जसको नाम सुनेर सरकार मात्रै होइन अर्को अपराधी समूह पनि उतिकै त्रसित छ।

दुनियाँमा नाम चलेका कैयौं ‘ग्याङस्टार’ छन्। उनीहरू कहाँ बस्छन्, के खान्छन्, कसले पालिरहेको छ, अत्तोपत्तो हुँदैन। तर, उनीहरूको लागूऔषध, अवैध हतियारको कारोबार, मावन तस्करी, जबरजस्ती फिरौती तथा रकम लिएर व्यक्तिको हत्या हर–प्रहर खेदिरहेका हुन्छन्। उनीहरूका लागि अपराधमा रमाउनु बाँया हातको खेल जस्तै मानिएको छ।

सीमारेखाको संयन्त्र तोडेर शाक्तिशाली देशका बहादुर पात्रहरूलाई तर्साइरहेका ११ अपराधीक समूहले रावणराज्य चलाइरहेका छन्। अमेरिकादेखि जापान अनि ब्रिटेनसमेत यी आपराधिक ग्याङसँग पंगा लिन पटक्कै आँट गदैनन्।

दुनियाँका आधुनिक सुरक्षा निकायलाई पनि यी समूहले ‘धुलो चटाएर’ आफ्नो धन्दा चलाइरहेका छन्। त्यतिमात्र होइन– एक देशबाट अर्को देशको जासुसी गर्नु परेमा यिनै अपराधी समूहको सहयोग लिन्छन्, शक्तिराष्ट्रका विभिन्न नाइकेहरू। जापानको ह्याकूजा समूह, रसियन माफिया, इजराइली माफिया, अलबेनियन माफिया, जमाईकन यार्रडिच माफिया, मेस्कसीकन माफिया, डी कम्पनीलगायतका गिरोहले जताततै अपराधमाथि चढेर राज गर्दै आएका छन्।

कसैले थाम्न नसकेका अनेकौं अपराधीहरू आ–आफ्नै नियममा बाँधिएका छन्। आ–आफ्नै दायराभित्र चलाउँछन्, अपराधी दुनियाँको कालोकोठी।

‘डी’ गिरोहको अपराध सागरमा भारतका शक्तिशाली नेतादेखि पूर्वमन्त्रीसम्म मुछिएका छन्। पूर्वरक्षामन्त्री शरद पवार र पूर्वराज्यमन्त्री नवाब मलिकजस्ता प्रभावशाली नेताहरू ‘डी’ कम्पनीको घानमा पेलिएका छन्। त्यसैगरी अमेरिका, जापान, इजरायल, ब्रिटेन, हङकङलगायतका अन्य समूहले पनि देश दनियाँमा आतंक मच्चाइरहेका छन्।

शान्तिको संसार आफ्नो हातमा लिएका यी अपराधी समूहहरू आफूविरूद्ध उभिने जो–कोहीलाई पनि कठोर यातना दिन्छन्। ताकि जेलको सुरक्षामा खटिएका सुरक्षाकर्मी मात्रै होइन जेलभित्र रहेका अपराधी लगलग काप्छन्। अपराधिक गिरोहदेखि विभिन्न देशका प्रहरी समेत उनीहरूदेखि डराउँछन्:-

१. याकूजा माफिया

याकूजा, जापानको खतरनाक अपराधी समूह हो। तर, यो समूह दुनियाँभर फैलिएको छ। सन् २०२० मा याकूजा समूहको संख्या २५ हजारभन्दा बढी रहेको छ। यतिसम्म कि याकूजा समूहका सदस्य नेपालमा समेत रहेको बताइन्छ।

जापानमा याकूजासहित अन्य ग्याङहरू पनि छन्। तर, यो समूहमा लागेका सदस्यको शरीरमा ट्याटूको संकेत हुन्छ। विश्वभरका मोडल तथा सुन्दर युवती ल्याएर पोर्न–भिडियो बनाउने र त्यसलाई विश्वभर फैलाउने समूहको मुख्य काम हो।

पोर्न संसारमा याकूजाको एकछत्र राज छ। यो समूहले विभिन्न देशमा युवती पठाएर यौन धन्दा समेत चलाउँदै आएको बताइन्छ। एउटा कुनै देशले खोजेको व्यक्तिलाई खोजेर अर्को देशलाई सुम्पिनु याकूजाको अर्को कार्य हो।

यो गिरोहसँग जापानी सरकारभन्दा बढी सम्पत्ती र हात–हतियार रहेको बताइन्छ। समूहसँग हेलिकप्टेर तथा जहाज उतिकै मात्रामा छन्। त्यसैले यो गिरोह दुनियाँको शक्तिशाली समूहका रुपमा चिनिन्छ।

२. ड्रगर्काटेल माफिया समूह

ड्रगर्काटेल माफिया समूहको नामले दुनियाँभरका प्रहरीको ध्यान जान्छ। यो गिरोह जताततै लागूऔषधको होल–सेलर हो।

photo by scmp

ठूला–ठूला सहरमा लागुऔषध सप्लाई गर्नु ड्रगर्काटेल गिरोहको मुख्य धन्दा हो। यो निकै हिंसात्मक ग्याङ मानिन्छ। ड्रगर्काटेलसँग पंङ्गा लिनु भनेको मृत्युको मुखमा पुगेजस्तै हो। त्यसैले अन्य माफिया समूह समेत ड्रगर्काटेल माफियासँग डराउने गर्छन्।

कतिपय देशमा यो समूहले लागूऔषधको खेतीपाती नै गर्ने गरेको छ। चरेस, गाँजा, कोकिन, हिरोइनलगायतका लागूऔषध उत्पादन तथा कारोबारलाई विभिन्न देश फैलाउने यो समूहको मुख्य पेसा हो।

३. मेस्कसीकन माफिया

अमेरिकाको लसएन्जलस राज्य दुनियाँभरमा मनोरञ्जनका लागि विख्यात छ। यो ठाँउलाई जसरी मनोरन्जनका रुपमा हेरिन्छ, त्यसैगरी यहाँ ग्याङ्–वार र कुख्यात डनहरूको अखडा भनेर समेत चिनिने गरेको छ।

लसएन्जलसमा संसारका ४५ हजारबढी अपराधीक समूहका सदस्यहरू बसोबास गर्छन। त्यसमा सबैभन्दा खतरनाक माफियाका रुपमा मेस्सीकोन माफिया ग्याङ रहेको बताइन्छ।

यो गिरोहका अनेकौं गतिविधिहरू अमेरिकाको खतरनाक जेलभित्रबाट अपडेट हुने गर्दछन। जेलभित्रै रहेका कुख्यात अपराधीहरूले मेस्कसीकन माफियाका सदस्यलाई चलाउने बताइएको छ।

मेस्कसीकनका सदस्यहरू विभिन्न राज्यमा फैलिएका बसेका छन्। त्यतिमात्र होइन, यो समूहले अन्य अपराधीहरू पनि हप्ता असुली गर्छ। मेस्कसीकनका सदस्यले रकम उठाएर नै अन्य अपराधी समूहको सुरक्षा समेत दिने गरेको बताइन्छ।

४. इजरायली माफिया

इजरायली माफिया एक यस्तो अपराधीक समूह हो, जसको गर्ने अपराध देखेर सबैको सातो जान्छ। यसको सञ्जाल कैयन देशमा छ।

photo:wikipedia

युवतीलाई प्रयोग गरेर ठूला–ठूला धनाड्यको सूचना लिने र उनीहरुलाई धम्काएर मोटो रकम असुल्नु यो गिरोहको पेसा हो। त्यसैगरी यो समूहले एक देशको खुफिया एजेन्सीको सूचना संकलन गरी अर्को देशको एजेन्सीलाई बेच्ने समेत गरेको छ। इजरायली प्रहरीले समेत यो गिरोहलाई छुन सकेको छैन। यो गिरोहका सदस्यहरु विभिन्न देशमा फैलिएर बसेका छन।

५. जमाईकन यार्रडिच

जमाईकन यारडिच पनि चर्चित अपराधीक समूह हो, जसको नाम सुन्नासाथ ब्रिटेनीहरू थरर... थर्किन्छन्। इग्ल्याण्डमा ड्रगसको तस्करी तथा हतियारको ओसारपसार गर्नु यो गिरोहको मुख्य काम हो।

getty image 

यो गिरोह सुपारी लिएर हत्या तथा अपहरण गर्नेमा निकै अघि छ। सुपारी लिएर हत्या गर्नु, लागुऔषधको सप्लाई तथा विभिन्न देशमा हतियार सप्लाइ गर्नु जमाईकन यार्डिचको सामान्य कार्य हो।

६. टाइस् माफिया

टाइस् माफिया समूह मान्छेलाई तड्पाइँ–तड्पाइँ मार्ने गिरोहको रुपमा परिचित छ।

पैसा पाएपछि यो गिरोह जस्तोसुकै आपराधिक कार्य गर्न पनि पछि पर्दैन। टाइटस् माफियाको अर्को काम हो, चोरी, डकैती। संसारका ठूला–ठूला चोरी तथा डकैतीमा यो गिरोहको मुख्य हात छ।

photo by forum.cfx.re

टाइटस् माफिया चीनमा मात्र सिमीत छैन। यसले मलेसिया, हङकङ, ताइवान तथा सिंगापुरमा आफ्नो सञ्जाल विस्तार गरेको छ। उक्त देशका ठूला धनाड्यलाई धम्काएर मोटो रकम असुल्नु यो गिरोको मुख्य काम हो।

७. अलबेनियन माफिया

अलबानियम माफिया समूह अलबानीया मात्रै होइन, यूरोप अमेरिकामा पनि व्यापक रुपमा फैलिएको छ।

अपराधीक दुनियाँमा यो गिरोहलाई एकदमै भंयकर मानिन्छ। क्रूर अपराधीका रुपमा अलबानियम माफिया परिचित छ।

यूरोप तथा अमेरिकाको विभिन्न राज्यमा अड्डा जमाएर बसेको यो गिरोहले विशेषगरी युवतीको सप्लाई गर्ने गर्छ। उनीहहरु युवतीलाई एक ठाउँबाट अर्को ठाउँमा लिएर बेचेभने कहिल्यै फर्कर आउन सक्दैनन्।

त्यसैगरी यूरोप तथा अमेरिकामा सप्लाई हुने ड्रग्सको ठूलो हिस्सा अलबानियम माफिया समूह मार्फत् नै जान्छ। अमेरिका तथा यूरोपमा यो समूहको लागूऔषधको एकछत्र राज छ।

८. सिलियन माफिया

इटालीको सिलियन माफियासँग पनि डरलाग्दो गरी हुर्किएको छ। उसँग संसारभर सारा मानिस थर्कमान हुन्छन्। गिरोहले यतिसम्म गर्छ कि– अपराधी–अपराधी समूह भिडेपछि मधेस्तकर्ताको काम गर्दछ। अनि मोटो रकम लिन्छ।

photo by wearepalermo

घातक हतियार सप्लाई गर्न माहिर मानिन्छ, इटालीको सिलियन। यो समूहका सदस्यहरुले एकअर्कोलाई चिन्दैनन्। चिन्नैपरे कोर्ड मार्फत् परिचान गर्छन्।

समूहका कैयन सदस्यलाई प्रहरीले पटक–पटक पक्राउ गरेको छ तर उनीहरुको बारेमा काेही पनि बोल्दैनन्। समूहबारे जानकारी दिँदैनन्।इटालीको सिलियनको नयाँ सदस्य जो कोहीलाई दिइँदैन। सदस्य बन्न अपराध गरेकै हुनुपर्दछ।

९. रसियन माफिया

रसियन माफियाको डर संसारभर फैलिएको छ। रसियन माफियाको सदस्य नेपालमा समेत रहेको बतान्छ। नेपालका विभिन्न क्षेत्रमा रसियन माफियाको लगानी रहेको दाबी गरिन्छ। यसको सदस्य १ लाख बढी रहेको छ।

photo by wearepalermo

दुनियाँभर रसियन माफियाका सदस्य फैलिएका छन्। केही आतंकवादी संगठनसँग समेत यो समूहको सम्बन्ध छ। दुनियाँको कुनै पनि देशमा पुगेर हत्या गर्नु यो गिरोहका सदस्यको बाँया हातको खेल हो।

रसियन माफिया समूहसँग दुनियाँका प्रहरीहरू पनि डराउँछन्। यो समूहसँग कुनै पनि आपराधिक गिरोह नजिक आउने कोसिस सक्दैन।

१०. सर्वियन माफिया

सर्वियन माफियाका सदस्य संसारका १० भन्दाबढी देशमा रहेको बताइन्छ। लागूऔषध तस्करी र सुपारी दिएर हत्या गर्न यो गिरोह माहिर रहेको मानिन्छ।

सुपारी लिएर संसार भरका राजनीतिज्ञको हत्यामा यो गिरोहका सदस्यको हात छ। दुनियाँमा भएका राजनीतिज्ञको हत्यामा यही समूहको हात रहेको बताइन्छ। उनीहरुले सुपारी लिएपछि त्यो व्यक्तिलाई कुनै पनि हालतमा छोड्दैनन्।

११. डी–कम्पनी

अन्डरवल्र्ड डन दाउद इब्राहिम डी–कम्पनी चलाउँछन्। उनले बेलाबेला भारतीयहरू सातो लिन्छन्। दाउदलाई छोप्न भारतले आफ्ना सुरक्षा निकय व्यापक रुपमा परिचालन गरेको छ। तर, उनी कहाँ छन्, के खान्छन्, कोसँग बस्छन्, कसले लुकाएको छ, केही अत्तोपत्तो छैन।

उनीविरुद्ध सुरक्षा खटाउन भारतले करोडौंको खोलो बगाएपछि उपलब्धी शून्य छ। दाउद अहिले पनि आफ्नो पुरानो धन्दा चलाउँदै आएका छन्। दाउद होइन दाउदको एउटा नयाँ फोटो फेला पारेपछि भारतले ठूलो बहादुरी जस्तै ठान्छ।

२७ डिसेम्बर १९५५ मा महाराष्ट्रको रत्नागिरीमा दाउदको जन्म भएको थियो। दाउदका बाबु शेख इब्राहिम अली भारतीय प्रहरीमा हवल्दार थिए। उनी सन् १९८० को दशकदेखि अपराधको दुनियाँमा सामेल भएका हुन्।

सन् १९७७ मा जब दाउद इब्राहिम समूहले हाजी अलीमा तस्करको जहाज लुट्यो, त्यसपछि उनी अपराधको संसारमा चम्किलो तारा बने। दाउदले मुम्बई मात्रै होइन दुबईजस्तो विलासी सहर र पाकिस्तानमा पनि आफ्नो बासस्थान बनाएका छन्।

दाउदले करिब १३ पटकसम्म आफ्नो नाम परिवर्तन गरिसकेका छन। त्यति नै पटक आफ्नो परिचय लुकाएर विभिन्न किसिमका अपराध गर्दै आएका छन। भारतीय प्रहरीको नजरबाट आफूलाई बचाउन उनले धेरै पटक आफ्नो अनुहारको प्लास्टिक सर्जरी समेत गराएका छन्।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2022-09-26 10:50:00

प्रतिकृया दिनुहोस्

    पुरानो समयको गंथन।आजकाल त ट्रम्प हराएर बाइडेन ज़िताउने illuminati को बोलाबाला छ।

    • एक बर्ष अगाडि
    • Prem Kaidi

    कहिलेको समाचार हो यो ? मिति उल्लेख गर्नुस् । के दाउद ईब्राहिम अभैm जीवितै छ ?

    • एक बर्ष अगाडि
    • खड्ग राई