स्थानीय निर्वाचनको सन्देश

अन्नपूर्ण पोष्ट

डा. महेन्द्र विष्ट

स्थानीय तह निर्वाचनको मत परिणाम लगभग उत्तराद्र्धतर्फ आइपुग्दा केही नयाँ प्रवृत्तिको संकेत गरेको छ।

बलियो संरचना भएका राजनीतिक दल र सुपरिचित अनुहारलाई पाखा लगाउँदै कतिपय स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। संघीय राजधानी र केही प्रदेश राजधानीसहितका ठूला सहरमा स्वतन्त्र उम्मेदवारप्रति मतदाताको क्रेज निकै देखिएको छ।

परम्परागत मान्यतामा यो सामान्य होइन। फरक अवस्था हो। निरन्तरतामा क्रमभंगता हो।  यसलाई मतदाताको अनपेक्षित हस्तक्षेप मान्न सकिन्छ। दलप्रतिको भद्र अवज्ञा पनि भन्न सकिन्छ।

प्रकाशित मिति: : 2022-05-26 16:31:00

प्रतिकृया दिनुहोस्