रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ।
गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ४२–१२ को फराकिलो अन्तरले पराजित गर्यो। रोयलकी प्रतीक्षा मगरले ११ अंक जोडिन्।
रोयल सबै क्वाटरमा अगाडि रह्यो। पहिलो क्वाटरमा १३–२ को अग्रता लिएको रोयल दोस्रोमा ६–६ को बराबरीमा रोकियो। रोयलले तेस्रोमा १७–० र चौथोमा ६–४ को प्रदर्शन गर्दै जित अन्तर फराकिलो बनायो। रोयलले २५ हजार तथा जेभियरले १५ हजार नगद पुरस्कार प्राप्त गरे।
सानागाउँस्थित आयोजक रोयलकै कोर्टमा भएको प्रतियोगितामा रोयलकी मिना गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन्। आईएसए नेपाल उदीयमान टिम चुनियो।
विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र जिएएका अध्यक्ष प्रकाशबाबु केसीले एक कार्यक्रमबीच पुरस्कृत गरे। साताव्यापी प्रतियोगितामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए।