परम्परागत रैतीको सार्वभौम नागरिक बन्ने निर्णय

रातोपाटी

सञ्जिव कार्की

 

काठमाडौं र धरानले परम्परागत सत्ता र राजनीतिक दलसँग विद्रोह गरेर निर्दलीय उमेदवारलाई पाँच वर्षे शासनको लाहाछाप लगाइ दियो । यसले राष्ट्रिय राजनीति तरंगित भएको छ ।

आफ्नो विवेक प्रयोग गरेर विगतदेखि नै राजनीतिक दल र तिनका नेतालाई गर्दै आएको विश्वास र समर्थनमा ब्रेक लगाउनु सामान्य परिघटना होइन । दलीय रजगज र सिण्डीकेट तोडेर आलोपालोको प्रथा ढालेर स्वतन्त्र उमेदवार निर्वाचित गर्दै सम्प्रभू जनताको तागत प्रदर्शन गर्दा नयाँ इतिहास कोरिएको छ । राजनीतिमा फरक खेलाडीले स्थान पाएको छ । भुइँमान्छेको इन्ट्री भएको छ ।

स्वतन्त्रहरु जित्नुको श्रेय नागरिक र सचेत मतदातालाई जान्छ,जसले दलका रैती हुन छाडेर,अन्धभक्त कार्यकर्ता बन्न नचाहेर,दलीय दाम्लोमा सधैं बाँधिन इन्कार गरे ।

प्रकाशित मिति: : 2022-05-28 12:15:00

प्रतिकृया दिनुहोस्