‘आठ सूर्य, ६ छाप: एमालेमा अन्तर्घात’

हिमाल खबर

देविका घर्ती मगर
चिनवनमा आयोजित एमालेको चुनावी सभा र ‘आठ सूर्य, सात छाप’ नारा दिएको अध्यक्ष केपी शर्मा ओलीको पोस्टर।
चिनवनमा आयोजित एमालेको चुनावी सभा र ‘आठ सूर्य, सात छाप’ नारा दिएको अध्यक्ष केपी शर्मा ओलीको पोस्टर।

स्थानीय सरकारको चुनावमा हार बेहोर्नुपरेपछि एमालेका स्थानीय नेता तथा कार्यकर्ता मात्रै होइन, केन्द्रीय नेता पनि ‘अन्तर्घात’ गरेको भन्दै एक-अर्काबीच आरोप-प्रत्यारोपमा उत्रिएका छन्।

पाँच वर्षअघि पहिलो दल बनेको नेकपा (एमाले) यो निर्वाचनमा भने दोस्रोमा झरेको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा २९४ पालिकामा प्रमुख जितेको थियो भने अहिले २०५ मात्रै जितेको छ।

यो निर्वाचनबाट सत्तारूढ नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले ३२७ स्थानीय तहमा जित हासिल गरेको छ भने उदयपुरको त्रियुगामा अग्रता कायम गरेको छ।

प्रकाशित मिति: : 2022-05-28 21:23:00

प्रतिकृया दिनुहोस्