बेपत्ता एयरको जहाज मुस्ताङकाे लेते पहाडमा दुर्घटना भएको आशंका

file photo
file photo

पोखराबाट मुस्ताङका लागि उडेको जहाज लेते पहाडमाथिबाट सम्पर्कविहीन भएको छ।

जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ। तर, पुष्टि भएको छैन।

जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ। मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ। उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार थिए। 

प्रकाशित मिति: : 2022-05-29 11:20:00

प्रतिकृया दिनुहोस्