स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन्।
एन्सेलोटी ५ युरोपियन लिग जित्ने पहिलो प्रशिक्षक बनेका थिए। युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षकको रेकर्ड पनि उनको नाममा छ।
रियलले शनिबार राति प्रिमियर लिग क्लब लिभरपुललाई हराउँदै २०२१/२२ को च्याम्पियन्स लिगको उपाधि जितेको थियो। रियललाई उपाधि दिलाएसँगै एन्सेलोटी चार च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन्।
यसअघि प्रशिक्षक एन्सेलोटीले एसी मिलानलाई दुई पटक र रियललाई नै एक पटक उपाधि दिलाएका थिए। मिलानलाई एन्सेलोटीले सन् २००२÷०३ र २००६/०७ को सिजन उपाधि दिलाएका थिए। यस्तै २०१३÷१४ को सिजन रियललाई एन्सेलोटीले उपाधि दिलाएका थिए।