कहाँ चुक्यो एमाले ?

रातोपाटी

गोविन्द भट्टराई

स्थानीय तह निर्वाचनको परिणाम आइसकेको छ । नतिजाले एमालेलाई दोस्रो दलमा पुर्याएको छ । सांगठनिक बलमा एक्लै लडेर पहिलो दल बन्छु भन्ने अठोटमा धक्का लागेको छ । नतिजाले भन्छ, एमालेले आफैले आफैलाई एकपटक फर्किएर हेर्न पर्छ ।

गम्भीर आत्मसमीक्षा जरुरी छ । नेपाली राजनीतिमा, राष्ट्रियताको सवालमा, जनजीविकाको आन्दोलनमा, समानता र स्वतन्त्रताको कठिन र लामो अभियानमा नेकपा एमालेको योगदान नेपालका अन्य राजनीतिक पार्टीको भन्दा ज्यादा छ भन्ने लाग्छ ।

समुन्नत नेपालको निर्माणमा, सामाजिक सुरक्षा र समानुपातिक विकासमा एमालेको दृष्टिकोण लोभलाग्दो नै छ । यस लेखमा एमालेको न त गुणगान, न त आलोचना नै गर्न खोजिएको हो । यो त केवल हालै सम्पन्न स्थानीय तह निर्वाचनमा हारका कारणको निर्मम तरिकाले खोल्ने सानो धृष्टता मात्र हो ।

प्रकाशित मिति: : 2022-05-29 18:13:00

प्रतिकृया दिनुहोस्