समाज कल्याण खेलकुद केन्द्रलाई ४-० अन्तरले हराउँदै प्लानिङ ब्वाइज युनाइटेड सोमबार सहिद स्मारक सी डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जितसङै समान २८ अंक भए पनि प्लानिङले एक खेल कम खेलेको झापा एफसीलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा रहेको हो। प्लानिङको जितमा फागुराम थारु, प्रताप सिंह र अर्जुन रानाले गोल गरे। समाज कल्याणका विपीन पराजुलीले आत्मघाती गोल गरे।
जितसँगै प्लानिङले १२ खेलमा २८ अंक जोडेको छ। समाज कल्याण १५ अंक जोडेर सातौं स्थानमा छ। एक खेल बाँकी रहँदा शीर्षस्थानको प्लानिङलाई दोस्रो डिभिजनमा उक्लन तीन अंकको खाचो छ। यदि अन्तिम खेलको हारले भने आरसी ३२ को सम्भावना उच्च छ।
झापाले भने दुई खेलबाट एक अंक हासिल गरे बी डिभिजनमा बढुवा हुनेछ।