नेपाली चलचित्र ‘कबड्डी ४’ की एक नायिकालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मुगु घर भएका फुर्वा साङ्वो लामा रहेको रहेका छन्। लामालाई अभद्र व्यवहार गरेको आरोपमा आइतबार पक्राउ गरी आज म्याद थप गरी अनुसन्धान गर्न लागिएको मैनालीले बताए।
हाल प्रदर्शनमा रहेको उक्त चलचित्रको प्रमोसनको क्रममा आयोजित कार्यक्रममा नायिकालाई दुर्व्यवहार गरेको आरोप लागेकाे हाे। काठमाडौंको सिभिल मलमा आइतबार आयोजित कार्यक्रममा लामाले आफूलाई पछाडि अस्वाभाविक रुपमा छोएको भन्दै नायिकाले प्रहरीमा उजुरी दिएकी थिइन् ।