३० वर्षदेखि हिमालय क्षेत्रमा विमान उडाइरहेका घिमिरे काे हुन् ?

फाइल तस्विर
फाइल तस्विर

आइतबार बिहान पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको ९एन– एइटी ट्विनअटर विमान सम्पर्कविहीन बनेको खबरले सशंकित बनेका नेपालीहरु सोमबार बिहानको खबरले स्तब्ध भए।

चालक दलका तीन सदस्यसहित २२ जना यात्रु बोकेको बेपत्ता विमानको अवस्थाबारे खबर कुरेर बसेका सबै मानिसहरु नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालको एउटा ट्विटले स्तब्ध बनेका थिए।
उनको ट्विट थियो,‘तारा एयरको सम्पर्कविहीन विमान मुस्ताङको थासाङ– २ स्थित सानोस्वारमा दुर्घटनग्रस्त अवस्थमा भेटियो।’

पहाडको खोँचमा टुक्राटुक्रा अवस्थमा भेटिएको जहाजमा सवार यात्रु जीवित रहने सम्भावना हुने कुरै थिएन, समाचारले सबै नेपाली दुखी भए। विमानमा सवार चालक दलका सदस्य तथा यात्रुका आफन्छ मुर्छित भए।

यार्सागम्बा टिप्न पहाडमा पुगेका स्थानीयले विमान देखेको खबर पुर्‍याएको केही बेरमा जोमसोमबाट दुर्घटनास्थल पुगेका नेपाली सेनासहितको टोलीले सोमबार दिउँसोसम्म २१ जनाको शव भेटिएको भेटिएका मध्ये कोही पनि जिवित नरहेको जानकारी दिए।

योसँगै पछिल्लो २४ वर्षको अवधिमा यति एयरलाइन्सले १३औँ विमान दुर्घटना भोग्नु पुर्‍यो। दुर्घटनाबाट धनुषाका एकै परिवारका ७ तथा गोरखाका एकै परिवारका ४ जनाको मृत्यु भयो। वैवाहिक सम्बन्धविच्छेको तयारीमा रहेका बेला जोमसो घुम्न निस्किएको भारतीय दम्पति सम्धन्धविच्छेदअघि एक चिहान बने। नेपाल वायुसेवा निगमले आफ्ना तीन होनहार कर्मचारी (पाइलट प्रभाकार घिमिरे, को–पाइलट उत्सव पोख्रेल र एयर होस्जेट कृष्मी थापा)लाई गुमाउनु पर्‍यो।

यो दुर्घटनामा यति एयरलान्स्ले ठूलो क्षति व्यहोर्नु पर्‍यो। २२ जनाको ज्यान गयो, लामो समयदेखि चलिरहेको विमान टुक्राटुक्रा बन्याे। एक वरिष्ठ तथा अनुभवी पाइलट घिमिरेलाई गुमाउनु पर्‍यो।

को हुन् क्याप्टेन प्रभाकर घिमिरे ?

५६ वर्षीय घिमिरे माउन्टेन फ्लाइटमा दक्ष पाइलट मानिन्छन्। घिमिरेले लुक्ला, जोमसोमलगायतका उच्च हिमाली क्षेत्रमा ३० वर्षदेखि माउन्टेन फ्लाइट गराइरहेका थिए। हिमालय क्षेत्रको हवाई उडानमा घिमिरेको विशिष्टता छ। उनी प्रशिक्षकसमेत हुन।

उनी त्रिभुवन विश्वविद्यालयका प्रारम्भिक कालका प्राध्यापक सरस्वतीप्रसाद घिमिरेका छोरा हुन्। उनका श्रमती र दुई छोरी छन्।

प्रकाशित मिति: : 2022-05-30 19:15:00

प्रतिकृया दिनुहोस्