काे हुन् मिरूना जसले दर्शकलाई जेल हालिन्

Photo : social media
Photo : social media

चलचित्र ‘कबड्डी ४’ की अभिनेत्री मिरूना मगरलाई दुर्व्यवहार गरेको आरोपमा साेमबार मुगुका फुर्वा साङ्वाे लामा पक्राउ परे।

हाल प्रदर्शनमा रहेको उक्त चलचित्रको प्रमोसनको क्रममा आयोजित कार्यक्रममा नायिकालाई दुर्व्यवहार गरेको आरोप लागेकाे हाे। काठमाडौंको सिभिल मलमा आइतबार आयोजित कार्यक्रममा लामाले आफूलाई पछाडि अस्वाभाविक रुपमा छोएको भन्दै नायिकाले प्रहरीमा उजुरी दिएकी थिइन्।

लामा पक्राउ परेपछि दर्शकले भने उनकाे रिहाकाे माग गर्दै मंगलबार चावाहिलस्थित केल टावरअगाडि प्रदर्शन गर्नुका साथै पाेष्टर समेत जलाएका छन्।

काे हुन अभिनेत्री मिरूना मगर ?

मिरूना नेपाली सिनेमामा प्रवेश गरेको केही वर्ष मात्र भएको छ। नेपाली कलाकारितामा उनको साइनो उनकी आमा शशी थापा सुब्बासँग जोडिएको छ। उनकी आमा धरानको ‘अनाम नाट्य जमात’को सक्रिय कलाकार थिइन्। हाल उनीहरूकाे परिवार बेलायतमा बस्दै आएकाे छ। बेलायतमा पढाइसकेपछि मिरूना नेपाली रंगमञ्चसँग जाेडिएकी हुन्।

मिरुनाले चलचित्र ‘लालपुर्जा’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन्।

उनी अभिनित पहिलो चलचित्र नै असफल भयो। उनले दोस्रो चलचित्रका रुपमा ‘रोज’मा काम गरेकी थिइन्। यो चलचित्रबाट उनलाई आशा निकै थियो। यो चलचित्रमा नायक प्रदीप खड्का मुख्य भूमिकामा थिए। तर, त्याे चलचित्र पनि चलेन। चलचित्रबाट प्रदिप खड्का र मिरुना मगर दुबैले जस पाउन सकेका थिएनन्। तर, हाल प्रदर्शनमा आएकाे चलचित्र ‘कबड्डी ४’ धेरै अपेक्षा गरिएकाे चलचित्र हाे। याे चलचित्रले प्रदर्शनकाे सुरूवातीदेखि नै राम्राे कमाइ गर्दै आएकाे छ।

उनका केही म्युजिक भिडियाेले पनि राम्रै चर्चा पाएका छन्।

प्रकाशित मिति: : 2022-05-31 13:47:00

प्रतिकृया दिनुहोस्