स्कटल्यान्ड र युक्रेन भिड्दै

File photo
File photo

कतारमा आयोजना  हुने फिफा विश्वकप फुटबलमा स्थान बनाउन युरोपेली छनोटअन्तर्गत प्लेअफमा आज (बुधबार) स्कटल्यान्ड र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ। 

स्कटल्यान्डको हाम्पडेन पार्कमा हुने खेल नेपाली समयअनुसार साढे १२ बजे सुरु हुनेछ। यसअघि यो खेल २५ मार्चमा हुनुपर्ने थियो। तर रुसले युक्रेनविरुद्ध सैन्य आक्रामण गरेपछि खेल स्थगित भएको थियो। यस खेलको विजेताले फाइनलमा वेल्सको सामना गर्नेछ।

युक्रेनका चर्चित रक्षक ओलेक्जेन्डर जिन्चेन्कोले रुसको आक्रमणका बीच युक्रेनले विश्वकपमा खेल्ने आशा व्यक्त गरेका छन्। २५ वर्षीय जिन्चेन्कोले इंग्लिस प्रिमियर लिगको उपाधि युद्धका कारण घरवारविहीन भएका युक्रेनी जनतामा समर्पित गरेका थिए।

जिन्चेन्कोले केही हप्ताअघि मात्रै म्यानचेस्टर सिटीबाट इङ्लिस प्रिमियर लिगको उपाधि जिताएका थिए। 

प्रकाशित मिति: : 2022-06-01 16:40:00

प्रतिकृया दिनुहोस्