मिरुना मगरसँग गणेशमान घलेको रोमान्स

लोकपप गायक सुनिल गिरीको नयाँ गीत 'सोल्टिनी क्या राम्री'को भिडियो सार्वजनिक गरिएकाे छ। गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट बजारमा आएको भिडियो सोल्टिनीको तेस्रो सिरिज हो। जसमा गायक गिरीकै शब्द सृजना, संगीत र स्वर छ भने एरेन्ज कृष्ण विकले गरेका छन्। 
प्रेम र रोमान्सलाई कलात्मक शैलीमा देखाइएको भिडियोमा पछिल्लो समयकी लोकप्रिय नायिका मिरुना मगरसँग गणेशमान घलेले अनस्क्रिन रोमान्स गरेका छन्। 

५०० बढी गुरुङ वस्ती रहेको लमजुङको भुजुङ गाउँमा छायांकन गरिएको सोल्टिनी क्या राम्रीको छायांकन विवेक विकले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन्। भिडियोको निर्देशन गायक गिरी स्वयंले नै गरेका हुन्। 

प्रकाशित मिति: : 2022-06-03 16:53:00

प्रतिकृया दिनुहोस्