मनुस्मृतिमा के छ ?

मनुस्मृति सही वा गलत भनेर निर्क्योलमा पुग्नुपूर्व यसको रचनापद्धति र विभिन्न कालखण्डको अध्ययन आवश्यक देखिन्छ। https://www.himalkhabar.com/news/130519

हिमाल खबर

महेशराज पन्त

नयाँ हावा लागेकाहरूलाई हिन्दू धर्म भन्ने बित्तिकै मनुस्मृतिको सम्झना एकाएक भइहाल्छ। हिन्दू धर्मका कुरीति देखाउनुपर्दा उनीहरू मनुस्मृतिमा लिपिबद्ध कठोर जातिव्यवस्थातर्फ औंल्याइहाल्छन्। यसैले अहिले हिन्दू धर्म र मनुस्मृति एक प्रकारले पर्याय बन्न गएका छन्।

अहिले जसलाई हामीले ‘ऐनकानून’ भन्ने गरेका छौं, प्राचीन कालमा त्यसरी लिपिबद्ध संहितालाई ‘स्मृति’ भनिन्थ्यो। गुरुमुखबाट सुनेर त्यसै अनुसार वारंवार दोहर्‍याई वेदका मन्त्र कण्ठस्थ पारिने हुनाले वेदको पर्यायमा ‘श्रुति’ अर्थात् ‘सुनेर पाएको ज्ञान’ र नियमकानूनको कुरा लेखिएको शास्त्रलाई ‘स्मृति’ अर्थात् ‘सम्झना’ भन्ने गरिन्थ्यो। ‘श्रुति’ सँग विरोध नपर्ने गरेर ‘स्मृति’ को रचना हुन्थ्यो।

छोरा पाउनका लागि कामधेनुकी छोरी नन्दिनीको सेवा गर्न गएकी, राजा दिलीपकी धर्मपत्नी सुदक्षिणा ‘श्रुतिको अर्थलाई स्मृतिले अनुगमन गरे जस्तै गरी हिंडिन्’ (श्रुतेरिवार्थं स्मृतिरन्वगच्छत्) भनी रघुवंश (२/२) मा लेखिनुको अर्थ पनि यही हो।
 

प्रकाशित मिति: : 2022-06-10 14:20:00

प्रतिकृया दिनुहोस्