अस्ट्रेलियाका नेपालीको कथामा ‘डलर एयुडी’ बन्दै

File photo
File photo

नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ।

बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्म निर्माण घोषणा गरिएको हो। एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म बनाउन लागेको हो।

सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको सयुक्त निर्माणमा बन्ने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारीलगायतको अभिनय रहने छ।

देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्मले नेपालबाट अस्ट्रेलिया जाने नेपालीको कथालाई बोल्नेछ। सन्तोष अधिकारी निर्माता रहेको फिल्ममा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अञ्जना अधिकारी, तृष्णा गुरुङलगायत सह–निर्माता छन्।

अस्ट्रेलियामा छायांकन हुने फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन्। कथामा चे शंकरको पटकथा छ। फिल्ममा अस्ट्रेलियन छायाकार रायको छायांकन, मनोरन्जन श्रेष्ठको सम्पादन, अजयकुमार अधिकारीको गीत, सुरेश राई र सन्तोष मिश्रको संगीत छ। 

प्रकाशित मिति: : 2022-06-10 16:05:00

प्रतिकृया दिनुहोस्