कुवेतसँग नेपाल पराजित

एएफसी एसियन कप–२०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘ए’ मा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। नेपाल घरेलु टोली कुवेतसँग शनिबार ४–१ को अन्तरले पराजित भएको हो।

कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे। यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे। नेपालका दर्शन गुरुङले एक गोल फर्काए ।

खेलको सुरुवातदेखि नै दबाबमा खेलेको नेपालले २८ औं मिनेटमा गोल खान खाएकाे थियाे। फहद अलरेसिदीले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाए।

४८ औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए। ५७ औं मिनेटमा कप्तान नवयुग श्रेष्ठको प्रहार क्रस बारमा लागेर फर्कदा नेपाल अग्रता कम गर्नबाट चुक्यो। ६८औं मिनेटमा युसुफ नास्सेरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि नेपाल खेलमा ३–० ले पछि पर्यो।

खेलको ७३ औं मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४-० ले अघि रह्यो। लगतैछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरेपनि नेपाल ४-१ ले पराजित हुन पुग्यो।

कुवेतले छनोटमा पहिलो जित निकाल्दा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। कुवेतको दुई खेलबाट ३ अंक पुगेको छ। अब नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ।

प्रकाशित मिति: : 2022-06-12 05:49:00

प्रतिकृया दिनुहोस्