हेटौंडामा असार ११ बाट राष्ट्रपति रनिङ शिल्ड

file photo
file photo

हेटौंडा उपमहानगरपालिकामा असार ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ।

हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा असार ११ र १२ गते प्रतियोगिता हुने भएको हो।

हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल सञ्चालन गरिनेछ। हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

प्रत्येक वर्ष स्थानीय तहले आफू अनुकुल समयमा यस प्रतियोगिता सञ्चालन गर्ने गरेको छ। यस प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लामा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: : 2022-06-14 20:18:00

प्रतिकृया दिनुहोस्