स्किब्स बास्केटबलमा ५२ टिम

Gadget Review
Gadget Review

स्किब्स स्कुलको आयोजनामा छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा सिनियर÷जुनियर ब्वाइज, गल्र्स र स्टाफमा गरी जम्मा ५२ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८–८ तथा गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन्। सिनियर ब्वाइजमा होप भ्याली, जुनियर ब्वाइजमा एन्जल्स हार्ट र गल्र्समा निम्स डिफेन्डिङ च्याम्पियन हुन्।

स्टाफको विधा पहिलो पटक समावेश गरिएको स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले जनाएका  छन्। यो स्पर्धाका विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन्। बाँकीमा नगद पुरस्कार राखिएको छैन।

पत्रकार सम्मेलनमा स्किब्सका इसीए को–ओर्डिनेटर सागर शर्मा, एकेडेमिक को–ओर्डिनेटर आदर्श राईले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए। तीनदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आफ्नै कोर्टमा हुने छ।

प्रकाशित मिति: : 2022-06-14 20:44:00

प्रतिकृया दिनुहोस्