ओस्कार पुरस्कार बिजेता गायिका लेडी गागाले टड फिलिप्सले निर्देशन गर्ने नयाँ सिनेमा ‘जोकर: फोली ए ड्यूक्स’मा हर्ले क्वीनको भूमिकामा अभिनय गर्ने लगभग पक्का भएको छ।
सन् २०१९ मा रिलिज फिलिप्सले नै निर्देशन गरेको जोकरको दोश्रो भाग यो सिनेमा यसै वर्ष निर्माण हुनेछ।
गायिका गागाले यो भन्दा अघि फिलिप्सकै निर्देशनमा निर्माण भएको ‘अ स्टार इज बर्न' मा अभिनय गरिसकेकी छिन। यो सिनेमा मा अर्थर फ्लेक अर्थात् जोकरको भूमिकामा अभिनय गर्ने जोकिन फिनिक्सले पनि अभिनय गर्ने छन्।
फिनिक्स ‘जोकर’को भूमिकाको लागि ओस्कार पुरस्कार बिजेता पनि हुन्।