सौन्दर्य प्रतियोगितामा यौन शोषण प्रकरण : पीडित युवती र माल्भिका सुब्बाको बयान बाझियो

त्यतिबेला आफू पनि मानसिक तनावमा रहेको माल्भिकाको खुलासा

रातोपाटी

मदन ढुङ्गाना

 

सुन्दरी प्रतियोगितामा भएको यौन शोषण प्रकरणमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू पनि उक्त समयमा मानसिक तनावमा रहेको बयान दिएकी छिन् । उक्त घटनाका सम्बन्धमा बुझिएकी माल्भिका सुब्बाले प्रहरीसँगको बयानमा आफू पनि उक्त समयमा मानसिक तनावमा रहेको बताएकी हुन् ।  

साथै सक्सेस पार्टीका सन्दर्भमा माल्भिका र पीडित भनिएकी युवतीको बयान बाझिएको छ । पीडित युवतीले आफू करिब २ बजे एभरेष्ट होटलमा पुगेको र आफू लेमोनेट खाएपछि अचेत भएको र भोलिपल्ट बिहान ५ बजे होस् खुल्दा आफूमाथि बलात्कार भइरहेको पाएको बयान दिएकी थिइन् । 

प्रकाशित मिति: : 2022-06-17 12:25:00

प्रतिकृया दिनुहोस्