२०२६ को फिफा विश्वकप तीन देशले संयुक्त आयोजना गर्ने

File photo
File photo

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोका १६ फरक सहरमा आयोजना हुने जनाएको छ।

जुन ४८ टिमको सहभागिता हुने पहिलो विश्वकप हुनेछ  र तीन आयोजक देश प्रतियोगिताको लागि स्वतः छनोट हुने अनुमान गरिएको छ।

विश्वकपका खेलहरु अमेरिकाका एटलान्टा, बोस्टन, डल्लास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मियामी, न्यु योर्क जर्सी, फिलागेलफिया, सान फ्रान्सिस्को र सेटल गरी ११ सहरहरूमा हुनेछन्।

मेक्सिकोका गुआडलाजारा, मोन्टेरेरी र मोक्सिको सिटी गरी तीन सहरहरुमा विश्वकपका खेल हुनेछन्। क्यानडाका टोरोन्टो र भान्कोभर गरी दुई सहरहरुमा विश्वकपका खेलहरु हुने फिफाले जनाएको छ।  
 

प्रकाशित मिति: : 2022-06-17 16:38:00

प्रतिकृया दिनुहोस्