पूर्वराष्ट्रिय टेनिस च्याम्पियन पाण्डेको नाममा जुनियर च्याम्पियनसिप हुने

File photo
File photo

पूर्व राष्ट्रिय टेबल टेनिस च्याम्पियन कल्याणराज पाण्डेको नाममा प्रत्येक वर्षको भदौमा कल्याण पाण्डे राष्ट्रिय टेबलटेनिस जुनियर च्याम्पियनसिप आयोजना हुने भएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य र कल्याणराजका छोरा कुशलराज पाण्डेबीच प्रतियोगिता सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार पाण्डेको परिवारले संघलाई ६ लाख दिनेछ। सो रकमबाट वार्षिक रुपमा आउने ७० हजार ब्याजबाट संघले प्रतियोगिता गराउनेछ। यदि संघले दुई वर्षसम्म प्रतियोगिता आयोजना नगरेमा सो रकम पाण्डेको परिवारलाई नै फिर्ता हुने संघका अध्यक्ष वैद्यले जानकारी दिए।

पहिलो वर्ष ब्याज नआउने भएकाले पाण्डे परिवारले प्रतियोगिता सञ्चालनका लागि ७० हजार रुपैयाँ दिनेछन्। लामो समयदेखि बास्केटबलमा आवद्ध पाण्डेले टेबल टेनिसमा ‘केही गरौं’ भन्ने उद्देश्यले यो प्रतियोगिता लागि संघसँग सम्झौता गरेको जानकारी दिए।

प्रकाशित मिति: : 2022-06-19 17:43:00

प्रतिकृया दिनुहोस्