चेस ओलम्पियाडको ४४ औं संस्करणमा सहभागी हुने नेपाली खेलाडीको टुंगो लागेको छ।
शनिबार काठमाडौंमा सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन्।
मिलन र क्षितिजले ५ अंक पाए भने रुपेसले ४.५ अंक पाए। वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाई र शीर्ष बरिएताका विवेक थीङ स्वतः छनोट भइसकेका छन्।
यसैगरी, महिला तर्फ कृत्तीसरा अधिकारी, अनिसा न्यौपाने, विनीता कपाली र शान्ति धिमाल छनोट भए।
कृत्तीसराले ५.५ , अनिसा र विनीताले ५ तथा शान्तिले ४.५ अंक हात पारे। राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरियताकी सुना लोहनी स्वतः छनोट भएकी छिन्।