मोरङमा बाढीले बगाउँदा एकको मृत्यु, सयौं घर परिवार विस्थापित

Breaknlinks
Breaknlinks

मोरङको सुन्दरहरैँचामा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।

सुन्दरहरैँचा वडा नम्बर ६ मा गछिया खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको हो।

खोलाले बगाउँदा सोही ठाउँका ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हाे। खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा उनलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यस्तै विराटनगर महानगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका सयौं घर परिवार डुवानमा परेका छन्। उनीहरूलाई प्रहरीले उद्धार गरिरहेको छ।

विराटनगरको सिंघिया र केशलिया नदीमा आएको बाढी गाउँ पसेपछि यहाँका करिब १५ सय घर परिवार डुवानमा परेका हुन्।

मोरङका खोला आसपासमा रहेका पालिकाहरु बाढीको उच्च जोखिममा छन्।

मोरङको विराटनगरसहित सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका विभिन्न बस्तीमा बाढीले डुवानमा पारेको छ। 

बाढी जोखिममा परेका पालिकाहरुले उद्धार र राहतको कार्यलाई तीव्र बनाएका छन्।

प्रकाशित मिति: : 2022-06-28 15:32:00

प्रतिकृया दिनुहोस्