पहिलो पटक खुल्ला महिला गल्फ प्रतियोगिता गर्दै रोयल नेपाल

रोयल नेपाल गल्फ क्लबद्धारा आयोजित पहिलो खुल्ला महिला गल्फ प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता एयरपोर्टस्थित रोयल नेपाल गल्फ क्लबको मैदानमा शनिबार आयोजना हुन लागेको हो।

सिनियर र जुनियर गरी दुई समुहमा विभाजन गरेर गर्न लागिएको प्रतियोगितामा नेपालभरबाट ५० जना सहभागी हुने छन्। सिनियरले १८ होल खेल्नेछन्, भने जुनियर खेलाडीले भने ९ होलमा खेल्नेछन्। जुनियर समुहमा ८ देखि १६ वर्षसम्मको समूह छ।

प्रतियोगिताको सिनियर तर्फका विजेता खेलाडीले ट्रफिसँगै स्कुटर पुरस्कार पाउने कार्यक्रमकी सञ्चार संयोजक सरिता श्री ज्ञवाली जानकारी दिइन्।

प्रकाशित मिति: : 2022-06-30 17:27:00

प्रतिकृया दिनुहोस्