गरिखाने शिक्षाको खाँचो

नागरिक दैनिक

बाबुकाजी कार्की

हाम्रो शिक्षा गरिखानेभन्दा पनि मागिखाने जनशक्ति उत्पादनतिर लक्षित भएको गुनासो सत्यताको नजिक पाइन्छ। समयको मागअनुसार देश तथा विदेशका श्रम बजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो।

रोजगारका लागि भौतारिनेभन्दा पनि रोजगार सिर्जना गर्न सक्ने प्रतिभाशाली जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्याको हल गर्न सक्छ। प्राविधिक शिक्षाले रोजगारका अवसर प्राप्त गर्न सहजता प्रदान गर्दछ। तर कुन क्षेत्रको कस्ता प्राविधिक कति चाहिन्छ भन्ने भविष्यदर्शी योजनाको अभाव र हचुवाको भरमा कार्यक्रम ल्याउने प्रवृत्तिका कारण पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव खट्किएको छ।

विद्यालय शिक्षा पार गरेका युवाको भविष्यको शैक्षिक यात्राको सही मार्गदर्शन दिन नसकेमा त्यसको नकारात्मक असर परिवार, समाजदेखि देशले नै भोग्नुपर्ने हुन्छ। समृद्धिको यात्रामा सफलता हासिल गर्न व्यावहारिक प्राविधिक शिक्षा आजको आवश्यकता हो। साधारण शिक्षा मात्र अध्ययन गर्ने प्रवृत्तिका कारण देशमा बेरोजगारीको विकराल समस्या बन्दै गएको परिवेशमा सिपमूलक गुणस्तरीय प्राविधिक शिक्षा समस्या समाधानका लागि वरदान सावित हुन सक्छ।

प्रकाशित मिति: : 2022-07-06 15:20:00

प्रतिकृया दिनुहोस्