महिला युरो च्याम्पियनसिप आजबाट

File photo
File photo

यूईएफए महिला युरोपियन च्याम्पियनसिप २०२२ बुधबारबाट इंग्ल्यान्डमा सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्यान्डले अष्ट्रियाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार राति पौने १ बजे म्यान्चेष्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सुरु हुनेछ। 

चार समूहमा विभाजित प्रतियोगितामा १६ राष्ट्रको सहभागिता छ। समूह ‘ए’ मा इंग्ल्यान्ड, अष्ट्रिया, नर्वे र नेदरल्यान्ड छन्। यस्तै समूह ‘बी’मा स्पेन, जर्मनी, डेनमार्क र फिनल्यान्ड छन्। यता, समूह ‘सी’ मा स्विडेन, नेदरल्यान्ड, पोर्चुगल र स्विट्जरल्यान्ड छन्। समूह ‘डी मा फ्रान्स, इटाली, बेल्जियम र आइसल्यान्ड छन्। 

प्रतियोगिताको उपाधि दावेदारको रुपमा नेदरल्यान्ड, घरेलु टोली इंग्ल्यान्ड र फ्रान्सलाई हेरिएको छ। फाइनल खेल ३१ जुलाईमा हुनेछ। 

प्रकाशित मिति: : 2022-07-06 15:20:00

प्रतिकृया दिनुहोस्