सन्दीपले तल्लावाजबाट सिपिएल खेल्ने

File photo
File photo

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन्। 

आगामी ३० अगस्टदेखि ३० सेप्टेम्बरसम्म हुने प्रतियोगिताका लागि तल्लावाजले सन्दीपलाई अनुबन्ध गरेका जानकारी दिएको छ।

सन्दीपले २०२० मा पनि जमैका तल्लावाजबाटै सिपिएल खेलेका थिए। सन्दीपले यसअघि सेन्ट किट्स एन्ड भेभिस प्याट्रिओट्सबाट पनि सिपिएल खेलिसकेका छन्।

मंगलबार मात्रै सन्दीप श्रीलंकाको फ्रेन्चाइज लिग खेल्ने पक्का भएको थियो। ३१  जुलाई देखि २१ अगस्टसम्म हुने लंका प्रिमियर लिगका लागि दमुल्ला जायन्ट्सले ४० हजार डलरमा सन्दीपलाई अनुबन्ध गरेको हो।

प्रकाशित मिति: : 2022-07-06 18:09:00

प्रतिकृया दिनुहोस्